दरबार गुमाएकी रानीको नालीबेली
चरीझैँ गुँड
ऋषि बराल
यो गोमन उद्धार गर्न जानुभन्दा करिब एक महिना पहिले लुम्लेको ढावा भन्ने ठाउँमा एउटा पोथी राजगोमनले गुँड बनाई बसेका खबर हामीलाई आएको थियो। प्रजननको याममा फुल पार्न राजगोमनले चरीले जसरी नै गुँड बनाउँछ। ओथारो बस्छ। करिब ३५ वर्षअघि कास्कीको नौडाँडास्थित बाँझो गुराँसको जङ्गलमा राजगोमनको गुँड भेटिएको थियो, नेपालमा राजगोमन पाइएको पुष्टि गर्ने त्यो पहिलो घटना थियो। त्यसपछि झन्डै तीन दशक न त्यस्ता गुँड फेला परेको खबर आयो, न कुनै अध्ययनमा भेटिन्छ।
